पहिलो ‘द भ्वाइस अफ नेपाल’ को उपाधि सीडी विजय अधिकारीलाई

 मंसिर २९, २०७५ शनिबार १२:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् । शुक्रबार कतारको सनैयामा रहेको एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा अधिकारीले उपाधि जितेका हुन् ।

प्रतियोगितामा चारजना प्रशिक्षकको प्रत्येक टिमबाट अन्तिममा एक एक जना टप  ४ मा पुगेका थिए । टप ४ मा टिम दीपबाट सीडी विजय अधिकारी, टिम अभयाबाट कुशल आचार्य, टिम सनुपबाट सप्तक दुतराज र टिम प्रमोदबाट श्रीजय थपलिया पुगेका थिए ।

‘द भ्वाइस अफ नेपाल’को विजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । साथै उनले रेनोको कार, वर्ल्ड टुर र २० लाख बराबरको एल्बम सम्झौता पनि प्राप्त गरेका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया