कांग्रेस महासमिति बैठक सुरु

 मंसिर २९, २०७५ शनिबार १३:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रको केहीबेर अघि सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको हो । 

उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन सत्र पछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांसगनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ ।

पार्टीको विधान पनि महासमिति बैठकमा  छलफलका लागि पेस गरिनेछ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि,  निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।

केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन् । बैठक पुस ३ गते सम्म चल्ने छ । शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया