आउँदो चुनावमा कांग्रेस पहिलो बन्ने गरी अगाडि बढ्नुपर्छ : उपसभापति निधि

 मंसिर २९, २०७५ शनिबार १८:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलेले आगामी चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रयत्नका साथ एकतावद्ध भएर अघि बढ्न आब्हान गर्नुभएको छ ।

शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उहाँले पराजयलाई लिएर दुख मनाउ गरेर बस्नुभन्दा एकतावद्ध भएर थप उत्साहका साथ अघि बढ्नुपर्ने बताउनुभएको हो ।

सरकारले गरेका संघीय र संसदीय प्रणाली विरुद्धका क्रियाकलाप र कांग्रेसले गरेका कामका बारेमा नागरिकलाई जानकारी गराउँदै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्रीले ‘कांग्रेसलाई भित्तामा टाँस्ने साइनबोर्ड बनाइदिन्छु’ भनेको प्रसंग उल्लेख गर्दै उहाँले सरकारका क्रियाकलापविरुद्धको सशक्त लडाईका लागि संगठन सुदृढ हुनुपर्ने तर्क गर्नुभयो ।

संगठन सुदृढ नभई सशक्त प्रतिकार गर्न नसकिँने भन्दै उहाँले पार्टी एकतामा जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया