मुखमा रुमाल बाँधेर बलात्कार गरेको आरोपमा एकजना पक्राउ

 मंसिर २९, २०७५ शनिबार १९:१७:२८ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरी प्रहरीले ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–५, बनरझुलाका ४५ वर्षीय गजिया भनिने गजेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तकोशी बाँध छेउको झुप्रो घर आरोपितहरुले भत्काएपछि त्यही घर रुँग्न बसेकी पीडितलाई आरोपितसहित चारजनाले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गएको कात्तिक ६ गते उजुरी दिएकी थिइन् ।

मुखमा रुमाल बाँधेर नजिकैकौ खेतमा लगेर बलात्कार गरेको उजुरी पीडितले प्रहरीलाई दिएपछि प्रहरीले त्यसै दिन पीडित महिलाको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा पीडितले कात्तिक १८ गते उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितले भने घरजग्गाको विषयमा झै–झगडा र विवाद भएको तर आफूहरुले बलात्कार नगरेको र महिलाले झुटाे उजुरी दिएको बताएका छन् ।

बुवा–छोरा, काका–भतिजा मिलेर बलात्कार गर्ने कुरा कल्पना नै गर्न नसकिने भन्दै आरोपितले झुटाे उजुरी गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।


 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया