मालिंगा बने श्रीलंकाको एकदिवसीय र टी –२० क्रिकेटको कप्तान

 मंसिर २९, २०७५ शनिबार १९:३९:३२ | एजेन्सी
unn.prixa.net

तीव्र गतिका बलर लासिथ मालिंगा श्रीलंकाको एकदिवसीय र टी –२० क्रिकेटको कप्तान बनेका छन् । 

एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका मालिंगालाई कप्तान बनाइएको हो । मालिंगालाई कप्तानको जिम्मा दिइँदा विकेटकीपर ब्याट्सम्यान डिकवेला उप–कप्तान बनेका छन् ।  न्यूजिल्याण्डविरुद्धको आउँदो टी–ट्वेन्टी र एकदिवसीय क्रिकेटका लागि एंजेलो म्याथ्यूज, सीकुगे प्रसन्ना तथा असेला गुणरत्ने पनि टिममा परेका छन् ।

यसैगरी कुशल परेरा, दिनेश चण्डीमल, कुशल मेन्डिस, धनंजया डी सिल्भा, तिषारा परेरा, शनाका, सान्दक, चमीरा, कासुन रजिथा, नोवा प्रदीप तथा लाहिरु कुमारा रहेका छन् । 

श्रीलंकाली टिम अहिले न्यूजिल्याण्डमा टेस्ट क्रिकेट खेलिरहेको छ । त्यही उसले जनवरी ३ तारिखमा पहिलो एकदिवसीय क्रिकेट खेल्ने छ । त्यहाँ ३ वटा एकदिवसीय र एउटा टी–२० हुने छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया