डोजरले पल्टाएको ढुंगा लागेर पाल्पामा एक बालकको मृत्यु

 पुस १, २०७५ आइतबार ७:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – डोजरले पल्टाएको ढुंगा लागेर पाल्पामा  एक बालकको ज्यान गएको छ । 

रैनादेवी छहरा गाउँपालिका ४ धजाबान्ने भन्ने ठाउँमा डोजरले बाटो खन्ने क्रममा पल्टिएको ढुंंगा लागेर रैनादेवी छहरा २ सोमादीका ७ वर्षीय रोजित रास्कोटीको ज्यान गएको हो । 

मामाघर गएका रोजितको घाँस काट्न जाने क्रममा बाटोमा हिँड्दै गर्दा माथिबाट खसेको ढुंगाले लागेर शुक्रबार बेलुकी ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनी स्थानीय छहरा मोडल बोर्डिंग स्कुलको एलकेजीमा अध्ययनरत थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया