ला लिगा : एट्लेटिको र रियल मड्रिडकाे जित

 पुस १, २०७५ आइतबार ८:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा मड्रिडका दुबै क्लब एट्लेटिको मड्रिड र रियल मड्रिड विजयी भएका छन् ।

एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई ३–२ गोलले हराउँदा रियल मड्रिडले भने रायो भालेकानोलाई १–० ले पराजित गर्‍याे । भालाडोलिडको मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउनका लागि एन्ट्वान ग्रिजम्यानले दुई गोल गरे । 

खेलको २६औं मिनेटमा निकोला कालिनिचले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ४५औं मिनेटमा किको ओलिभासले डिबक्स भित्र ह्यान्ड गरेपछि एट्लेटिकोले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई एन्ट्वान ग्रिजम्यानले गोलमा परिणत गर्दै पहिलो हाफ अघि एट्लेटिकोलाई २–० को अग्रता दिलाए ।

५७औं मिनेटमा फर्नाण्डो कालेरोले गोलको गर्दै एट्लेटिको मड्रिडको अग्रता २–१ मा छोट्याए । ६३औं मिनेटमा एट्लेटिकोका सउलले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । सउलले गोल लाइनमा बल क्लीयर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेका थिए ।

८०औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई पुनः अग्रता दिलाए । डि–एरियामा स्टेफन साभिचले मिलाइदिएको बललाई ग्रिजम्यानले गोलमा परिणत गरेका थिए । जीतसँग एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३१ अंक छ ।

रियल मड्रिडले रायो भोलेकानोलाई १–० ले हराउँदा करिम बेन्जेमाको गोल निर्णायक बन्यो । १३औं मिनेटमा लुकास भाज्क्वेजको पासमा बेन्जेमाले गोल गरेका थिए । रेलिगेसन जोनमा रहेको भालेकानो खेलमा फर्किन नसक्दा रियल विजयी भयो । जीतसँगै रियलले २९ अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया