युभेन्टसकाे जितमा राेनाल्डाेकाे गाेल

 पुस १, २०७५ आइतबार ८:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिष्टियानो रोनाल्डोको एकमात्र गोल निर्णायक बन्दा युभेन्टसले इटालियन सिरिएमा टोरिनोलाई हराएको छ । टोरिनोको मैदानमा भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा गोल गरेका थिए । 

७०औं मिनेटमा टोरिनोका गोलकिपरले मारियो मान्जुकिचलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे । 

सिरिएमा अहिलेसम्म एउटा पनि खेल नहारेको युभेन्टसले यो जीतसँगै ११ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको नेपोलीको ३५ अंक छ । टोरिनो भने २२ अंक सहित छैटौं स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया