सन् २०१८ का ५ बलिउड फिल्म जसले बक्स अफिसमा सर्वाधिक कमाई गरे

 पुस १, २०७५ आइतबार १२:५०:७ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगका लागि सन् २०१८ सफल वर्ष सावित भयो । यस वर्ष कयौं फिल्मले सर्वाधिक कमाई गरे । केही फिल्मले त ३ सय करोडसम्मको कमाई गर्न सफल भए ।

ठूलो बजेटका फिल्म बाहेक थोरै लगानीमा बनेका फिल्मलेसमेत अपेक्षा गरिएको भन्दा सफल व्यापार गर्न सफल भए ।  सन् २०१८ को अन्तमा आई पुग्दा यस बर्षका सर्वाधिक कमाई गर्ने सफल फिल्म मध्ये बक्स अफिसमा सर्वाधिक कमाई गर्न सफल ५ वटा फिल्मको चर्चा गर्दैछौँ ।

सञ्जु 

निर्देशक राज कुमार हिरानीको निर्देशनमा बनेको फिल्म सञ्जु यस वर्षको सर्वाधिक हिट फिल्म बन्न सफल बन्यो । फिल्म सञ्जु’ अभिनेता सञ्जय दत्तको जीवन कहानीमा बनेको फिल्म हो । यस फिल्ममा अभिनेता सञ्जय दत्तको भूमिकामा अभिनेता रणबिर कपूरले गरेको अभिनयको सर्वाधिक चर्चा भयो । 

फिल्म ‘सञ्जु’ मा अभिनेता रणवीर कपूरका साथै परेश रावल, मनिषा कोइराला, विक्की कौशल, सोनम कपूर, दिया मिर्जा, अनुष्का शर्मालगायत कलाकारको अभिनय रहेको थियो । फिल्म ‘सञ्जु’ ले आमिर खानको फिल्म ‘पीके’ रेकर्डसमेत तोडिदियो । फिल्म ‘पीके’ ले ३४० करोड कमाएको थियो । १ सय करोडको लगानीमा बनेको फिल्म ‘सञ्जु’ ले ३४१.२२ को ब्यापार गरेको थियो ।

पद्मावत

निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ लामो समयको विवाद पछि प्रदर्शन भएको थियो । पद्यावतले प्रर्दशन हुनु अघि जति विवादको सामना गर्नु परेको थियो पर्दशन पछि बलिउड फिल्म उद्योगमा त्यति नै किर्तिमान राख्न सफल भयो ।

यस फिल्ममा अभिनेत्री दीपिका पादुकोण रानी पद्यावतीको भूमिकामा थिइन् भने अभिनेता शाहिद कपूर र रणवीर सिंहको पनि मुख्य भूमिका रहेको थियो । फिल्म ‘पद्यावत’ ले ३०० करोडको व्यापार गर्न सफल भएको थियो । 

२.०

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको विभिन्न भाषामा प्रर्दशन भएको फिल्म ‘२.०’ ले ७१० करोड भन्दा धेरै कमाई गरिसकेको छ । यो फिल्म ‘बाहुबली २’ पछिको सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ । 

यो फिल्म अहिले पनि प्रदर्शमै रहेको छ । २.०’ को हिन्दी भर्जनले १७७ करोड कमाई गरिसकेको छ भने फिल्मले २०० करोडको व्यापार गर्नसक्ने अनुमान गरिएको छ ।  यो फिल्मलाई तमिल, तेलुगू र हीन्दी गरि ८ हजार ८ सय स्क्रीन्समा रिलिज गरिएको थियो ।

रेस ३

फिल्म ‘रेस ३’ सलमान खानको खराब फिल्म मध्यको एक हो भन्दा फरक नपर्ला । फिल्म पर्दशन पछि सलमान खानको निकै मजाक पनि उडाइयो । तर बक्स अफिसको कुरा गर्दा १६९ करोडको व्यापार गरेको थियो । 

१५० करोडको लगानीमा बनेको फिल्म ‘रेस ३’ मा सलमान खानका साथै अभिनेता बबी देवल, अनील कपूर, ज्याकलीन फर्नान्डिस र डेजी शाहको मुख्य भूमिका रहेको थियो ।

बागी २

अभिनेता टाइगर श्राफ उनको दमदार एक्शनले भरपुर फिल्म ‘बागी २’ ले पनि बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल भयो । अभिनेता टाइगर उनको एक्शनका कारण दर्शकलाई फिल्महल तर्फ आकर्षित गर्न सफल रहे । 

६० करोडको लगानीमा बनेको यस फिल्मले १६५ करोड रुपैयाँ कमाउन सफल भयो । यस फिल्ममा अभिनेता टाइगर श्राफको जोडीको रुपमा उनकी वास्तविक जीवनकी प्रेमिका दिशा पाटनीको अभिनय रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया