‘बुलबुल’को टिजरमा यस्ता देखिए स्वस्तिमा र मुकुन

 पुस १, २०७५ आइतबार १४:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ ।

चलचित्रको टिजरमा नायिका स्वस्तिमा खड्का र नवनायक मुकुन भुषाललाई प्रस्तुत गरिएको छ । यो चलचित्रमा स्वस्तिमा केही फरक भूमिकामा प्रस्तुत भएकी छन् । चलचित्रमा स्वस्तिमा टेम्पो ड्राईभरको भुमिकामा प्रस्तुत भएकी छन् । 

चलचित्र ‘बुलबुल’को निर्देशन विनोद पौडेलले गरेका हुन् । यो चलचित्र आगामी फागुन ३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँने पक्का भइसकेको छ । चलचित्रको निर्माण अविरल थापाले गरेका हुन् । ‘बुलबुल’का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायाँकन सुसन प्रजापतिले गरेकाहुन् ।

 

चलचित्रमा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिनाकार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको संगीत कोशिस क्षेत्री र उद्गम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया