श्रीनगरमा वरिष्ठ भारतीय पत्रकारको गोली हानी हत्या

 जेठ ३१, २०७५ बिहिबार २०:३३:३७ | एजेन्सी

भारतको जम्मू–कश्मीर राज्यको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार तथा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीमाथि गोली हानी हत्या भएको छ । आफ्नो

कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ ।

चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमाथि अन्धनधुन्ध गोली प्रहार गरेका थिए । बुखारीसँगै उनको गाडीमा रहेका अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ । पत्रकार बुखारीसँगै उनका पीएसकाे पनि मृत्यु भएकाे छ ।

राइजिङ कश्मीरका सह–सम्पादक इश्फाक नसीमले बुखारीको मृत्यु भएको पुष्टि गरेका छन् । जम्मु कश्मीरकी मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीकाे हत्या भएकाे खेद प्रकट गर्दै दु:ख व्यक्त गरेकी छिन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया