नवलपरासी दुर्घटना अपडेट : एकजनाको मृत्यु, २५ जना घाइते

 पुस ५, २०७५ बिहिबार ११:३३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – कावासोती –­­१४ मा बिहीबार बिहान भएको बस दुर्घटनामा एकजनाको  ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ मा झिनकी भणरिनिया खोलामा खसेको हो ।

बस  खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको ज्यान गएको छ । घाइते मध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया