आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
वैशाख २५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिने बताएका छन् । उनले यो सम्झौता औचित्यहीन र बेकार भएकोसमेत बताएका छन् ।
सन् २०१५ मा राष्ट्रपति बाराक ओबामासँग भएको सम्झौता अनुसार इरानले आफ्नो परमाणु हतियार कार्यक्रम बन्द गर्ने र अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्झौता भएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याह्युले अमेरिकाको यो निर्णयलाई समर्थन गरेका छन् ।
इरानले भने ट्रम्पको यो फैसलाको निन्दा गरेको छ । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाको यो फैसलाको प्रतिक्रिया दिँदै इरान अब युरेनियम उत्पादनमा लाग्ने बताए ।
उनले भनेका छन् ‘मैले इरानको अटोमिक इनर्जी अर्गनाइजेसनलाई आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहन निर्देशन दिएका छु । हामी औद्योगिक स्तरमै रसायनीक उर्जा र हतियार उत्पादन गर्न सुरु गरौँ ।’
राष्ट्रपति रुहानीले परमाणु सम्झौतामा समावेश भएका अन्य सहयोगीहरुसँग कुरा गर्नका लागि एक हप्ता पर्खने बताएका छन् ।
अमेरिकाले पनि इरानमा आर्थिक प्रतिबन्ध अहिले नै नलगाइहाल्ने र यसका लागि तीन महिना अथवा ६ महिना पर्खने बताएको छ ।
इरानसँगको पारमाणविक सम्झौता महत्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।
उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा वाशिङटनले त्यसमा अवरोध पुर्याउने कदमहरू चाल्न नहुने पनि बताएका छन् ।
सन् २०१५ मा इरानले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्न सहमत भएपछि इरानको अमेरिका, बेलायत, फ्रान्स र रूससँग सम्झौता भएको थियो ।
सम्झौतापछि अन्तर्राष्ट्रिय समुदायले लगाउँदै आएका इरान लक्षित कैयौं आर्थिक प्रतिबन्ध फुकुवा गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आफूले व्यक्त गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिका सम्झौताबाट अलग हुने चेतावनी दिँदै आएका थिए ।