कर्णाली प्रदेश बजेट २३ अर्बभन्दा बढी हुने

 असार १, २०७५ शुक्रबार १२:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्खेत – कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदैछ ।  सरकारले २३ अर्बभन्दा बढीको बजेट दिउँसो १ बजे बस्ने संसद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गर्नु हुनेछ । 

संघीय सरकारले उपलब्ध गराएको अनुदान, आन्तरिक स्रोत केही  दाताहरूको सहयोगसमेत समावेश गरेर बजेट ल्याउन लागिएको प्रदेश सरकारले जनाएको छ ।

केन्द्रको अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समटेर  २३ अर्बको वास्तविक बजेट हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार वास्तविक बजेट २३ अर्ब भए पनि प्रदेशको आवश्यकतालाई ध्यान दिएर ठूलो आकारमा बजेट ल्याउन लागिएको छ । वास्तविक बजेट २३ अर्बको भए पनि घाटा बजेट ल्याउन लागिएकाले बजेटको आकार ठूलो हुने मन्त्री  प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया