प्रदेश तीनले ल्यायो ३५ अर्ब ६१ करोडको बजेट

 असार १, २०७५ शुक्रबार १७:२१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ को सरकारले आगामी आर्थिक वर्ष ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ ।

तीन नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सभा भवनमा बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रित भएर यो बजेट ल्याएको हो । प्रदेश सरकारले आफ्नो १३ वटै जिल्लाका १ सय १९ वटा स्थानीय तहलाई बिभिन्न अनुदान शीर्षकमा ५ अर्ब २८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारले सशर्त अनुदानका रुपमा उपलब्ध गराएको १० अर्ब ६१ करोड ५६ लाखलाई समेत आम्दानीमा समेटेर सम्बन्धित मन्त्रालयको खर्च शीर्षकमा विनियोजन गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७७ करोड विनियोजित गरिएको छ ।

प्रदेश सरकारले प्रदेशको पहिचान, नागरिकलाई निःशुल्क कानुनी सहायता अभियानलाई पनि कम्तीमा एक स्थानीय तहमा एक जना कानुनी सहायता कार्यकर्ताको व्यवस्था गरिने उल्लेख  छ ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र विविधीकरण कार्यक्रम अन्तरगत एक जिल्ला एक चिस्यान केन्द्रको स्थापना गरिने प्रदेश सरकारले लक्ष्य लिएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया