गढवा गाउँपालिकामा प्रहरी र स्थानीय नागरिकबीच झडप, ८ जना घाइते

 असार १, २०७५ शुक्रबार १७:४९:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – गढावा गाउँपालिका–६, गढवामा प्रहरी र स्थानीयबसिन्दाबीच झडप भएको छ ।

झडपमा २ प्रहरीसहित १० जना घाइते भएका छन । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का एक युवकको रिहाईको माग गर्दै स्थानीयबसिन्दाले प्रहरीमाथि ढुङ्गा मुढा गरेपछि प्रहरी सइ कमल आचार्य र प्रहरी हवल्दार दौलतसिह बुढाल घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठ्ठी चार्ज र २ सेल असुर ग्याँस प्रहार गर्दा ८ स्थानीय नागरिक घाइते भएका छन्।

केटी पक्षकाले गएको जेठ २७ गते जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरी मुद्दा दर्ता गरेपछि आरोपित युवकलाई बलजफ्ती फसाइएको भन्दै स्थानीयबासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।


३ महिना अघि केटा–केटीले प्रेम बिवाह गरेको र पछि केटी पक्षले केटी फिर्ता लगेर अहिले जबरजस्ती करणीको मुद्दा दर्ता गरेको केटा पक्षले जनाएका छन् । 
झुठा मुद्दा फिर्ता गरी युवकलाई रिहा नगरे गढवा बजार नै बन्द गरेर प्रहरीका बिरुद्धमा आन्दोलन थाल्ने स्थानीयबासिन्दाले जनाएका छन ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया