प्रदेश दुईको बजेट २९ अर्ब ७८ करोड, कृषि र पूर्वाधार प्राथमिकतामा

 असार १, २०७५ शुक्रबार १९:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रदेश नम्बर २ सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७५ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको चालुतर्फ १४ अर्ब ९७ करोड ५६ लाख १३ हजार र पूँजीगततर्फ १५ अर्ब ३३ करोड १३ लाख २५ हजार रुपैयाँ बजेट रहेको छ ।

बजेटले सडक निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ । सरकारले पूर्वाधार विकासका लगि १ अर्ब २६ करोड रकम छुट्याएको छ । कृषिमा आत्मनिर्भर बनाउन ‘हर खेतमे पानी, हर हाथमे काम’ भन्ने नारासहित ५२ करोड बजेट विनियोजन गरेको छ । यस्तै युवालाई कृषिमा आकर्षित गर्न १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानमा २१ करोड, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै प्रदेश २ सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ छुट्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पेश गर्नुभएको बजेटमा सांसदको योजनामा खर्च गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

त्यस्तै मुख्यमन्त्री राहत र पुनस्र्थापना कोषमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने निःशुल्क दलित शिक्षा र छात्रावास निर्माणको लागि ८ जिल्लामा ८ करोड रुपैयाँ छुट्याएको छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया