आमिरसँगको सम्बन्धबारे पहिलो पटक बोलिन् फातिमा

 पुस ११, २०७५ बुधबार ८:३४:७ | एजेन्सी
unn.prixa.net

बलिउडकी दंगल गर्ल अभिनेत्री फातिमा सना सेख अभिनेता आमिर खानका कारण चर्चामा आउने गरेकी छिन् । बेला बेलामा अभिनेता आमिर खानका साथ फातिमा सना सेखको प्रेम सम्बन्ध रहेको भन्ने खबरका कारण उनको चर्चा हुने गर्छ । फातिमाले आमिरसँगको सम्बन्धका बारेमा पहिलो पटक सार्वजनिक रुपमा बयान दिएकी छिन् ।

फातिमाले आफूलाई यस किसिमका अफबाहले कुनै असर नपर्ने बताएकी छिन् । उनले भनेकी छिन् ‘यस्ता खबरहरु मलाई  एकदमै अनौठो लाग्छन् । एक पटक मेरी आमा टीभी हेरिरहेकी थिइन् । उनले त्यहाँ मेरो फोटो आएपछि मलाई देखाइन् । टीभिमा त्यसबेला देखाइएको खबरले मलाई एकदमै धेरै तनाव दियो । तर मैले आफूले आफैँलाई सम्झाएँ ।’

उनले अगाडि भनेकी छिन् ‘पहिले लाग्थ्यो, कसैले आफ्ना बारेमा भ्रमपूर्ण र अनावश्यक कुरा गरिरहेको छ भने उसलाई सम्झउनु पर्छ । तर अहिले मलाई अरुलाई सम्झउन आवश्यक छ जस्तो लाग्दैन । तपाईँले जस्तो काम गरेपनि मानिसहरु तपाईँका बारेमा केही न केही कुरा अवश्य गर्नेछन् । मलाई अब यस्ता कुराले कुनै फरक पार्दैन ।’

फातिमाको नाम अभिनेता अपार शक्ति खुरानाकासाथ पनि जोडेर खबरहरु सार्वजनिक हुने गरेका छन् । यसमा पनि उनी भन्छिन् ‘मेरा लागि यि दुवै व्यक्ति विशेष छन् । मेरो उहाँहरुसँग अफेयर रहेको छ भन्दै म आफूलाई प्रभावित पार्न चाहान्नँ ।’

फातिमा सना सेखले सन १९९७ मा फिल्म ‘चाची ४२०’ मार्फत ५ वर्षकै उमेरमा बाल कलाकारको रुपमा बलिउड डेब्यू गरेकी थिइन् ।

उनी सन् २०१० मा आमिर खानको सुपरहिट फिल्म ‘दंगल’ मार्फत दर्शक माझ आएकी थिइन् । यस फिल्ममा उनी आमिर खानकी छोरीको भूमिकामा थिइन् । यस पछि यसै वर्ष आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा पनि प्रमुख भूमिकामा थिइन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया