जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
उदयपुर - उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ मा रहेकाे कोल्बोटेमा आगलागीमा परी एक बालकको ज्यान गएको छ ।
बिहीबार बिहान ९ बजे खेतमा रहेको परालको गोठमा आगलागी हुँदा स्थानीय राजु तामाङ्गका ४ वर्षिय छोरा सुमन तामाङ्गको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका प्रमुख तथा डीएसपी ध्रुव कुमार श्रेष्ठले बताउनुभयो ।
खेतमा रहेको परालको गोठमा बच्चा आफैले झोलामा रहेको लाइटर खेलाउँदा आगो लागेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । आगलागी भएपछि बच्न गोठभित्र रहेको कम्बलमा पसेका बालकको आगोले जलेर मृत्यु भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
शवलाई कटारी अस्पतालमा पोस्टमार्टमको लागि लगिएको वडा नम्बर-८ का वडाध्यक्ष कमल श्रेष्ठ जानकारी दिनुभयो ।