रणवीर सिंहको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो उनकै यसअघिका फिल्मको रेकर्ड

 पुस १६, २०७५ सोमबार ७:५३:५ | एजेन्सी

वर्ष २०१८ को सुरुवातमै रिलिज भएको फिल्म ‘पद्मावत’ बाट खिलजीको भूमिकामा गरेको अभिनयले दर्शकको प्रशंसा बटुलेका अभिनेता रणवीर सिंहले वर्षको अन्त्य पनि फिल्म ‘सिम्बा’बाट दर्शकको तालीको गडगडाहटबीच गरे ।

नयाँ वर्षलाई केन्द्रित गरेर डिसेम्बर २८ मा रिलिज गरिएको फिल्म ‘सिम्बा’ले फिल्म समीक्षकको उत्कृष्ट रिभ्यू र दर्शकको प्रशंशा बटुलिरहेको छ । साथै यस फिल्मले आगामी दिनमासमेत दर्शकको राम्रो साथ पाउने अनुमान गरिएको छ । 

भारतीय चर्चित फिल्म समीक्षक तरण आदर्शले फिल्म सिम्बालाई ‘विजेता’ घोषणा गर्दै चार स्टार दिएका छन् । उनले ट्वीटर मार्फत ‘सिम्बा’ का सबै शोहरुले उत्कृष्ट व्यापार गरिरहेको बताएका छन् भने रणवीर सिंहका अहिले सम्मका फिल्महरु मध्ये प्रदर्शनको पहिलो दिनमै सर्वाधिक व्यापार गर्ने फिल्म रहेको बताएका छन् ।

‘सिम्बा’ले प्रर्दशनको पहिलो दिन शुक्रबार २०.७२ करोड को व्यापार गरेको छ भने दोस्रो दिन झन् पहिलो दिनको भन्दा धरै २३.३३ करोड कमाएको छ । यस अनुसार ‘सिम्बा’ले २ दिनमा ४४.०५ करोडको व्यापार गरेको छ ।

फिल्म ‘सिम्बा’ले रणवीर सिंहको फिल्मी करियरमा अहिलेसम्मका सफल फिल्मको रेकर्ड तोड्दै पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ । उनको फिल्म ‘पद्मावत’ ले पहिलो दिनमा १९ करोडको व्यापार गरेको थियो ।

फिल्म ‘गुण्डे’ ले १६.२ करोड कमाएको थियो । उनको अर्को फिल्म ‘गोलियों के रासलीला : रामलीला’ले १६ करोड र ‘बाजीराव मस्तानी’ ले १२.८० करोड कमाएको थियो । 

करण जोहरको निर्माण तथा रोहीत शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री सारा अली खान, सोनू सुदको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्म ‘सिम्बा’ साउथ फिल्म ‘टेम्पर’ को हिन्दी रिमेक हो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया