राजनीति शासकका लागि मात्र होइन : पोप फ्रान्सिस

 पुस १८, २०७५ बुधबार ७:१२:५२ | रासस
unn.prixa.net

राजनीति शासन गर्नेका लागि मात्र नभएको प्रमुख क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले मङ्गलबार बताउनुभएको छ ।

राजनीति सबैको संलग्नता र सहभागिताका लागि भएको उहाँको तर्क थियो । भ्याटिकन सिटीमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले राजनीति शासकहरूका लागि रिजर्भ हो भन्ने सोच्नु हुँदैन ।’ 

‘जसरी शहरलाई ठीक अवस्थामा राख्न हामी सबै जिम्मेवार रहनुपर्छ र राजनीतिमा पनि केही हदसम्म त्यही ठीक हो र हामी सबैले शान्तिका लागि काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।  

पोपले ५२ औँ विश्व शान्ति दिवसका अवसरमा सेन्ट पिटर्स स्क्वाएरमा गरेको सम्बोधनमा नागरिकले राजनीति शासकको हो उनीहरूले नै समाज विकास र शान्तिका लागि काम गर्नुपर्छ भन्नुभयो । 

शासकले गर्ने राजनीतिको हिस्सा जनताले लिने र सही निर्णयका लागि अग्रसर हुनुपर्ने उहाँले आग्रह गर्नुभयो । पोप पल छैटौँले जनवरी १ लाई विश्व शान्ति दिवसका रूपमा घोषणा गनुभएको थियो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया