मलेसियामा कामदारलाई पर्ने समस्या, दूतावासले गर्ने सहयोग (भिडियो अन्तर्वार्ता)

 बैशाख २६, २०७५ बुधबार १३:१४:४३ | रीतु थेबे
unn.prixa.net

रीतु थेबे/उज्यालाे। 

काठमाडौं, वैशाख ७ – मलेसियामा ठूला उद्योगमा कार्यरत भन्दा साना उद्योग, सेक्युरिटी गार्ड र सेवामुलक क्षेत्रमा काम गर्नेहरु सम्झौता अवधि पूरा नगरी भागेर हिँड्ने गरेका छन् । 

मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार साना उद्योग र सेवामुलक क्षेत्र भन्दा ठूला उद्योगको व्यवस्थापन चुस्त हुने गरेकाले ठूला उद्योगमा काम गर्न पुगेका धेरैजसोले सम्झौता अवधि पूरा गर्छन् । मलेसियामा ३ वर्षका लागि श्रमस्वीकृति दिइन्छ । तर अवैधानिक हैसियतमा रहेकाहरु सेवामुलक र साना उद्योगमा आएर काम छाडेकाहरु छन् । लामो अवधिको सम्झौता र कम्पनीले तलब सेवा सुविधा दिन आनाकानी गर्दा नेपाली कामदार काम छाडेर भाग्ने गरेको कार्यवाहक राजदूत खरेलको भनाई छ । 

त्यस्तै, नेपालमा गरेको सम्झौता अनुसार काम र तलब सुविधा नपाएर पनि मलेसिया पुग्नेहरु पीडित भएका छन् । मलेसियाको रोजगारदाता कम्पनी, म्यानपावर र कामदारबिच त्रिपक्षीय सम्झौता भए समस्यामा पर्ने कामदारको संख्या घट्न सक्ने कार्यवाहक राजदूत खरेलले बताउनुभयो । कम्पनीबाट भागेर अवैधानिक हैसियतमा रहेका कामदारलाई रोजगारदाताले थोरै पैसा दिएर जस्तोसुकै काम लाउने गरेको उहाँले बताउनुभयो । 

कार्यवाहक राजदूत कुमारराज खरेलसित गरेको कुराकानी भिडियोमा हेर्नुहोस् 

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/ENV4gp-zPwo" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>

अन्तिम अपडेट: चैत १६, २०८०

रीतु थेबे

रीतु थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ। उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया