रोल्पाको जुतुङखोलामा बस दुर्घटना :  २ जनाको मृत्यु, २३ घाइते

 पुस २३, २०७५ सोमबार २०:५०:५९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

सुलिचौरबाट सिर्पका लागि छुटेको आशीर्वाद यातायात प्रालिको बा १ ख ५५२१ नम्बरको बस जुतुङखोलाको उकालो घुम्तीमा चिप्लिएर दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका–५ सारी प्यूठानका २४ वर्षीय चालक नवराज आले र लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलाका ११ महिने बालक नितेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गाडीमा ३० जना सवार रहेकोमा अन्य २३ जना घाइते भएको र तीमध्ये २ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

गम्भीर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र २१ जनाको सुलिचौरमा उपचार भएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया