जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
कास्की - लामो समयसम्म सडकको गुणस्तर सुधार नगरेको विरोधमा पोखरा लेखनाथ महानगरपालिका वडानम्बर-३१ का बासिन्दाले सडकमै धान रोपेका छन् ।
नगरचोकदेखि बेगनासताल बाँधसम्मको सडक लामो समयदेखि नबनेपछि सडककै खाल्टामा धान रोपेर साँकेतिक विरोध गरेको उनीहरुले बताएका छन् ।
८ सय ३० मिटर लम्बाई र १४ मिटर चौडाइको सडकखण्डमा बेगनास सिंचाई आयोजना र स्थानीयवासीबीच विवाद हुँदा काम हुन सकेको छैन ।
विवादका कारण सडकका लागि छुट्याएको रकम खर्च हुन नसकेर फिर्ता भएको वडाध्यक्ष कमल थापाले बताउनुभयो । सडक सिंचाई कार्यालयको लालपूर्जामा उल्लेख भएकाले विवाद रहँदै आएको हो ।
सिंचाइ कार्यालयले स्थानीयवासीलाई मापदण्ड अनुसारको जग्गा छाडेर सडक निर्माण गर्न आग्रह गरेको थियो । तर, कतिपय घर सिंचाईको जग्गासम्मै जोडिएर बनेका छन् ।
मापदण्ड छोडेर बाटो बनाउँदा घर भत्काउनुपर्ने भएपछि थानीयवासीले विरोध गरेका थिए ।