पोखराबाट पनि पुन : श्रम स्वीकृति दिन सुरु

 पुस २६, २०७५ बिहिबार १२:५६:२३ | उज्यालो सहकर्मी

सरकारले बिहीबारदेखि गण्डकी प्रदेशबाट पनि पुन : श्रम स्वीकृति दिन थालेको छ ।  पोखराको शहीद चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालेको हो । 

श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चन्द्रमान गुरुङलाई स्वीकृति प्रदान गर्दै सेवा सुरु गर्नुभएको हो । 

सेवा सुरु गर्न मन्त्री विष्टसँगै श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि पोखरा पुग्नुभएको छ । यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया