ट्रक र ट्रयाक्टरको बीचमा च्यापिएर मिस्त्रीको मृत्यु

 पुस २६, २०७५ बिहिबार १७:१:२३ | पुरुषोत्तम गिरी

सल्यान – सल्यानमा ट्रक र ट्रयाक्टरको बीचमा च्यापिएर एक युवकको ज्यान गएको छ । 

रुकुमको चौरजहारी नगरपालिका–६, घर भई हाल सल्यानको श्रीनगरमा बस्दै आएका २५ वर्षीय राजेश जैसीको ज्यान गएको प्रहरीले जनाएको छ । जैसी श्रीनगरमा रहेको एक मोटर ग्यारेजमा मिस्त्रीको रुपमा काम गर्दै आएका थिए । 

सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा मर्मतका लागि रोकेर राखिएको लु १ ख ४१२४ नम्बरको ट्रक मर्मतपछि स्टार्ट गर्नलाई रा १ त १४४१ नम्बरको ट्रयाक्टरले बीचमा फ्ल्याक राखेर तान्ने क्रममा फ्ल्याक उम्किँदा उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते भएका जैसीलाई जिल्ला अस्पताल सल्यानमा पुर्‍याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

ट्रक चालक त्रिवेणी गाउँपालिका –२, निवासी ३० वर्षीय डब्बल सिं थापा र ट्याक्टर चालक शारदा नगरपालिका–१, निवासी २१ वर्षीय सुमन योगी हाल प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख डीएसपी शाहीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया