फ्रान्सको राजधानी पेरिसमा ठूलो विस्फोट : धेरै जना घाइते भएको आशंका

 पुस २८, २०७५ शनिबार १४:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रान्सका अधिकारीहरुले राजधानी पेरिसामा ठूलो विष्फोट भएको बताएका छन । विस्फोटपछि आकस्मिक सेवाको काम भैरहेको छ ।

 

शनिबार स्थानीय समयअनुसार बिहान ९ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा विस्फोट भएको ठाउँको भुइँ तलामा पुरै क्षतिको तस्बिरहरु सार्वजनिक भएको छ ।

 

विस्फोटपछि त्यहाँ आगलागी पनि भएको प्रहरीले जनाएको छ ।

 विस्फाेटकाे कारण खुलेकाे छैन । बेकरीमा ग्यास चुहावट भएका कारण विस्फोट भएको आशंका गरिएको छ ।

घटनामा धेरै नोक्सना भएको हुनसक्ने आशंका गरिएको छ तर प्रहरीले अहिलेसम्म केही जानकारी दिएको छैन ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया