बीपीएल: सन्दीप लामिछानेले आजकाे खेलमा पनि विकेट लिन सकेनन्

 पुस २८, २०७५ शनिबार २०:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आजकाे खेलमा पनि विकेटविहीन बनेका छन् ।

ढाका डाइनामाइट्सविरुद्ध ४ ओभरनै बलिङ गरेका सन्दिपलले ३३ रन दिए पनि विकेट भने निकाल्न सकेनन् । सिलेट सिक्सर्सबाट टिमको आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका सन्दिपले ११ रन खर्चिएका थिए ।

पहिलाे ओभर - ११

उनकाे पहिलो बलमा सुनिल नराइनले १ रन लिएका थिए । दोस्रो बलमा रोनी तलुकदारले २ रन बनाए । त्यसपछि तेस्रो बलमा उनै तलुकदारले सन्दिपको बलमा छक्का प्रहार गरेका थिए ।

चौथो बलमा एक रन लिएर स्ट्राइक रोटेट भएपछि सुनिल क्रिजमा आएका थिए । उनले एक रन बाइको रुपमा बनाउँदा अन्तिम बलमा तलुकदारले १ रन थपेका थिए । समग्रमा सन्दिपले पहिलो ओभरमा १२ रन खर्चिएका थिए ।

दाेस्राे ओभर - ८

सन्दिपले व्यक्तिगत दोस्रो ओभरको बलिङ ११ औं ओभरमा गरेका थिए । पहिलो बलमा सकिब अल हसनले १ रन लिएका थिए । दोस्रो बलमा रोनी तलुकदारले १ रन बनाए । तेस्रो बलमा सकिबले रन बनाउन सकेनन् भने चौथो बलमा चौका प्रहार गरेर सन्दिपमाथि दबाब बनाएका थिए ।

११ औं ओभरको अन्तिम बल गुग्ली फालेका सन्दिपको बलमा सकिबले रन बनाएनन् । सन्दिपले दोस्रो ओभरमा ८ रन खर्चिए ।

तेस्राे ओभर - ६ रन

टिमको चौधौं ओभरमा सन्दिप व्यक्तिगत तेस्रो ओभरको बलिङ गर्न आएका थिए । पहिलो बलमा अन्ड्रे रसले रन बनाएनन् । दोस्रो बलमा थर्डम्यानको दिशामा ब्याटिङ गर्दै चौका प्रहार गरेका थिए । तेस्रो बलमा रसेलले १ रन जोड्दै स्ट्राइक रोटेट गरेका थिए । बाँकी तीन बल फेस गरेका किरन पोलार्डले अन्तिम बलमा एक रन मात्र जोडे । सन्दिपले तेस्रो ओभरमा ६ रन खर्चिए ।

चाैथाे ओभर - ८ रन

१६ औं ओभरमा सन्दिपले व्यक्तिगत चौथो ओभरको बलिङ गरेका थिए । पहिलो बलमा नरुल हसनले १ रन बनाए । त्यसपछि क्रिजमा रहेका मोहम्मद नहिमले २ बलमा रन बनाए पनि चौथो बलमा छक्का प्रहार गरेका थिए ।

पाँचौ बल डट खेलेका नहिमले छैटौं बलमा एक रन जोडे । चौथो ओभरमा सन्दिपले ८ रन दिए । चार ओभरको स्पेलमा उनले २ चौका र २ छक्का दिएका थिए ।

उनले पछिल्ला ५ खेलमा सबै भन्दा महंगाे बलिङ गरे । उनले बीबीएलमा सिड्नीविरूद्द ३६ रन दिएका थिए । तर साे खेलमा २ विकेट लिएका  थिए । तर आज उनले ३३ रन दिँदा विकेट लिन सकेनन् ।

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया