इंग्लिस प्रिमियर लिग: वेष्टहामले आर्सनललाई एक-शून्यले हरायाे

 पुस २८, २०७५ शनिबार २०:४७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आर्सनल वेष्टहामसँग एक-शून्यले पराजित भएकाे छ ।

लण्डन स्टेडियममा भएको खेलमा वेष्टहामको जितमा डिक्लान राइसको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४८ औं मिनेटमा राइसले गोल गर्दै वेष्टहामलाई अग्रता दिलाएका थिए ।

त्यसपछि पनि आर्सनलले बारम्बार वेष्टहामको पोष्टमा आक्रमण गरे पनि गोल गर्न नसकेपछि खेलकाे नतिजा वेष्टहामकाे पक्षमा गएकाे हाे ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया