छोराको बारेमा बोल्दा भावुक भइन् एलिजा (भिडियो)

 असार ४, २०७५ सोमबार १७:४५:६ | उज्यालो सहकर्मी

काठमाडौं – एलिजा गौतमको निर्माण तथा अभिनय रहेको पहिलो सिनेमा ‘अनुराग’ साउन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

दुई सन्तानको आमा बनिसकेपछि सिनेमामा प्रवेश गरेकी उनी नेपाली समाजका धेरै महिलाहरुको लागि प्रेरणाको स्रोत बनेकी छिन् । हामी यस्तो समाजमा बस्छौँ जहाँ महिलाहरु विवाहपछि जिन्दगी सकिएको महसुस गर्न बाध्य हुन्छन् । त्यसपछिको उनीहरुको जीवन भनेको  घर गृहस्थी र चुलो चौकोमा नै सिमित हुन्छ । अर्कातर्फ आमा बनिसकेपछि त प्रायः महिलाहरुले करिअर सुरु गर्ने बारेमा सोचेकै हुँदैनन् । 

त्यस्ता महिलाहरुको लागि एलिजा एउटा उदाहरण बनेकी छिन् । उनले जीवनमा काम र करिअर सुरु गर्न जुनसुकै समयमा सकिने कुरा प्रमाणित गरिदिएकी छिन् । 
पत्रकार ऋषि धमलासँगको विवाहपछि दुई जना सन्तान जन्माएर सिनेमामाप्रवेश गरेकीउनले आफू पहिले देखिको योजनाअनुसार नै सिनेमामा आएको बताउँछिन् । विवाह हुनुभन्दा पहिलेदेखि नै अभिनयमा रुचि भएका कारण दुई सन्तानकी आमा बनिसकेपछि सिनेमामा काम गरेको उनी बताउँछिन् । 

समयमै छोराछोरी पाएपछि ढुक्क हुने र काममा अघि बढ्न सहज हुने सोचेर आफू जीवनमा अघि बढेको उनको भनाई छ । उनका तीन वर्षकी छोरी एरिका र डेढ वर्षका छोरा एरिक छन् । 

अहिले उनले छोरी एरिकालाई आफ्नो साथमा राखेकी छिन् भने छोरा एरिक भने क्यानडामा छन् । एलिजाले आफ्नो काम व्यस्ततालाई ध्यानमा राख्दै छोरा एरिकलाई आमासँग क्यानडा पठाएकी हुन् । छोरालाई आफूबाट टाढा राखेर काम गर्न एलिजालाई त्यति सहज भने छैन । तर उनी अहिले सिनेमा प्रचारप्रसारको लागि समय दिनु पर्ने भएका कारण छोरा एरिकलाई आफूसँग राख्न सम्भवाना भएका कारण आमासँग क्यानडा पठाएको बताउँछिन् । आफूलाई जन्म दिने र हुर्काउने आमाले आफ्नो छोरालाई पनि राम्रोसँग हुर्काउनेमा उनी ढुक्क  छिन् ।

दिनभर बाहिरी काममा व्यस्त हुने भएका कारण एलिजा खासै छोरालाई सम्झने समय पाउँदिनन् तर साँझ परेपछि जब घरमा पुग्छिन् उनलाई छोराको यादले सताउँछ । हामीसँग छोरा एरिकको बारेमा यति बोल्दा एलिजाभावुक देखिइन् ।

आफ्नो पहिलो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा भने उनी उत्साहित देखिएकी छिन् । यो सिनेमाबाट राम्रो नतिजा पाउनेमा उनी आशावादी छिन् ।

हेर्नुहाेस् एलिजासँगकाे कुराकानी
 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया