खप्तड गाेल्डकप: थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लबले उचाल्याे उपाधि

 माघ ५, २०७५ शनिबार १७:२६:४६ | उज्यालो सहकर्मी

कैलाली - तेश्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

धनगढी रंगशालामा भएको फाइनलमा ललितपुरको थ्रीस्टार क्लबलाई १–० ले हराउँदै नेपाल पुलिस क्लबले उपाधि हात पारेको हो । पुलिस क्लबलाई जिताउन अभिशेक रिजालले गोल गरेका हुन् ।

उपाधिसँगै नेपाल पुलिस क्लबले २१ लाख रुपैयाँ प्राप्त गर्‍याे भने उप विजेता थ्रीस्टारले १० लाख रुपैयाँ हात पार्‍याे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया