बिजुलीकाे खम्बाबाट अर्थिङ दिइएकाे तारमा करेन्ट लागेर २ जनाकाे ज्यान गयो

 माघ ५, २०७५ शनिबार १९:४२:१८ | शैलेन्द्र महतो

धनुषा - जनकपुरमा विद्युत कार्यालयको लापरवाहीका कारण दुईजनाको करेन्ट लागेर ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-१२ कुवारामपुरमा रहेकाे  नारी विकास केन्द्र नजिक शनिबार बिजुलीकाे खम्बाबाट अर्थिङ्ग दिइएकाे तारमा करेन्ट लागेर धनुषाको मिथिला विहारी नगरपालिका मथलेश्वर, मौवाहीका परमेश्वर मण्डल र सिरहा विष्णुपुर गाउँपालिका-४ थलहाका २६ वर्षीय जगरनाथ साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेमा विष्णुपुर गाउँपालिका थलहाका सूर्यनारायण ठाकुर रहेका छन् ।

मृतक दुवैजना जग्गा व्यापारी रहेको र जग्गा निरीक्षण गर्ने क्रममा एकजनाले बिजुलीकाे खम्बासँगै राेकिराखेकाे ज.९ प ७७०९ नम्बरको मोटरसाइकल चलाउने क्रममा ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको अर्थिङ्ग तारमा माेटरसाइकलले छुँदा करेण्ट लागेर छटपटाइरहेको अवस्थामा अर्का जग्गा व्यापारीले बचाउन खोज्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृतक दुवैजनाको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चअ अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया