४ वर्षीय बालकलाई फकाएर याैनजन्य कृयाकलाप गर्ने एक युवक पक्राउ

 माघ ५, २०७५ शनिबार १९:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - रौतहटमा ४ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गरुडा नगरपालिका वडा नम्बर-१, का ४ वर्षीय बालकलाई शुक्रबार साँझ स्थानीय १९ वर्षीय भोला गिरीले उखुघारीमा लगेर यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको प्रहरीले जनाएकाे छ । 

ललाइ फकाइ घरबाट उखुबारी लगेर याैनजन्य क्रियाकलाप गर्न लागेपछि बालक राेएकाे र स्थानीयले थाहा पाएर उखुबारी पुग्दा गिरी समातिएकाे इलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ । स्थानीयले समातेर गिरीलाई प्रहरीकाे जिम्मा लगाएका हुन् । 

गिरीकाे जबर्जस्तीले बालककाे मलद्धारबाट रगत बगेकाे र उनकाे अहिले जिल्ला अस्पताल राैतहटमा उपचार भइरहेकाे छ ।  

गिरीलाई प्रहरी हिरासतमा राखेर यौनजन्य क्रियाकलाप गरेको कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक केदार ढकालले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया