मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, अर्का एकजना घाइते

 माघ ६, २०७५ आइतबार ८:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनाखरी मगर/मलेसिया

मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गमा एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । 

झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया