सआदत हसन मन्टोसँग पाकिस्तान किन डराउँछ ?

 माघ ६, २०७५ आइतबार ११:४२:२६ | एजेन्सी
unn.prixa.net

दक्षिण एसियामा सआदत हसन मन्टो र फैज अहमद फैज सबैभन्दा पढिने लेखक हुन् । 

पछिल्ला सत्तरी वर्षमा मन्टोका पुस्तकको माग लगातार बढिरहेको छ । उनी घर–घरमा पढिने लेखक हुन् भन्दा पनि हुन्छ । उनका पुस्तकहरु लगातार छापिइरहेका छन् र बिकिरहेका छन् । यो पनि यथार्थ हो कि मन्टो र प्रतिबन्ध नङ र मासुबीचको सम्बन्धजस्तै हो । उनीमाथि बारम्बार अश्लील भएको आरोप लागिरह्यो, उनका पुस्तकमाथि लगातार प्रतिबन्ध लागिरह्यो । 

‘ठण्डा गोश्त’, ‘काली सलवार’ तथा ‘बू’ जस्ता कथामाथि प्रतिबन्ध लाग्ने क्रम जारी रह्यो । मन्टोका कथामाथि लागेको प्रतिबन्धले उनलाई फाइदा पनि पुग्यो । पटक–पटक अदालतमा उनीविरुद्ध मुद्दा पनि चल्यो तर उनी कहिल्यै दोषी ठहरिएनन् । 

अहिले नन्दिता दासको नयाँ चलचित्र ‘मन्टो’ माथि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । त्यस्तै लाहोरको सांस्कृतिक केन्द्र अलहमराले ‘मन्टो मेला’ माथि प्रतिबन्ध लगाइएको छ ।

१३ जनवरीका दिन लाहोर आर्ट्स काउन्सिल–अलहमराले आफ्नो फेसबुक पेजमा ‘नेसन’ दैनिकमा प्रकाशित समाचार सार्वजनिक गर्दै फेब्रुअरीमा ‘मन्टो मेला’ आयोजना हुने जानकारी दिएको थियो ।  ‘मन्टो मेला’माथि लागेको प्रतिबन्ध उनका कथाको ‘बोल्ड  नेचर’ नै प्रमुख कारण भएको बताइएको छ ।

पाकिस्तानको संस्कृति मन्त्रालयले धार्मिक कारण देखाउँदै ‘मन्टो मेला’ माथि प्रतिबन्ध लगाएको बताइएको छ । ‘मन्टो मेला’ मा चारवटा नाटक मण्डली मिलेर नाटक मञ्चन गर्ने तयारीमा थिए । यसमा पाकिस्तानको विश्वप्रसिद्ध ‘अजोका थिएटर’ पनि रहेको छ । उनीहरु नाटक मञ्चनको तयारी गरिरहेका थिए ।

नन्दिता दासको चलचित्र ‘मन्टो’ माथि प्रतिबन्ध लगाइनुमा पाकिस्तानको सेन्ट्रल बोर्ड अफ् फिल्म सेन्सर्सले कुनै आपत्ति नभएको बताएको छ । तर चलचित्रमा भारत र पाकिस्तानबीचको विभाजनको ‘सही चित्रण’ नगरिएको आरोप लगाइएको छ । अब त चलचित्र नेटफ्लिक्समा उपलब्ध छ र जोसुकैले पनि हेर्न सक्छन् ।

प्रतिबन्धको विरोध 

‘मन्टो’ माथि लागेको प्रतिबन्धको विरोधस्वरुप लाहोर, पेशावर, मुल्तानमा प्रर्दशन पनि भयो ।

लाहोरमा मन्टो मेमोरियल सोसाइटीका प्रमुख सइद अहमद तथा अरु बुद्धिजीवीहरु मिलेर प्रदर्शन गरेका थिए । गएको हप्ता लाहोरमा ‘मन्टो’ फिल्ममाथि नै एउटा सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा सहभागी हुँदै इतिहासकार आयशा जलालले महत्वपूर्ण मुद्दामाथि आफ्ना विचार राखिन् । आयशा जलाल प्रसिद्ध इहिासकार पनि हुन् र उनका कैयौँ पुस्तक चर्चित पनि छन् ।

आयशा लेखक मन्टोकी आफनत् पनि पर्छिन् । उनले भारत–पाकिस्ताान विभाजनका बारेमा पुस्तक पनि लेखेकी छिन् । ‘सत्तरी वर्षमा के परिवर्तन भयो त ? त्यतिबेला पनि मन्टो विवादमा थिए र अहिले पनि छन्’, भनेर आयशा जलाललाई प्रश्न सोधिएको थियो ।

फिल्मका बारेमा कुरा गर्दै जलालले पाकिस्तानमा बनाइएको सरमद खूसटको फिल्मको उदाहरण दिँदै नन्दिता दासले बनाएको फिल्म ऐतिहासिक दृष्टिकोणबाट उत्कृष्ट भएको बताइन् । नेटमा उपलब्ध चलचित्रलाई पाकिस्तानले प्रतिबन्ध लगाउनुमा कुनै तुक नभएको पनि उनले स्पष्ट पारिन् । 

आयशा जलालले पाकिस्तान–भारत विभाजनको सामाजिक आलोचना योभन्दा अलग विषय भएको बताइन् । यदि कसैलाई आलोचना मन नपरे यसमा मन्टोको कुनै कसूर नभएको पनि उनले बताइन् । अहिले र मन्टोको बेलाको प्रसंग फरक भएको भन्दै जलालले मन्टोमाथि थुप्रै पटक आरोप लगाइ पनि उनलाई ठूलो कारबाही नभएको बताइन् ।

सम्मेलनमा फिल्मममा मन्टोलाई निराश देखाइएको र उनको पाकिस्तान अनुभव पनि राम्रोसँग नदेखाइएको चर्चा पनि भयो ।

पाकिस्तान आउन चाहेका धेरैसँग गुनासो पनि भएको बताउँदै इतिहासकार जलालले बताइन् ।  मन्टोसँग पनि पाकिस्तानसँग त्यस्तै गुनासो भएको आयशा जलालको आशय थियो । मन्टोलाई कुनै दिन प्रसिद्ध कथाकार मानिन्थ्यो । अर्को दिन उनलाई फ्ल्याट खाली गर्न पनि भनिन्थ्यो ।

यस्तै कुरा नन्दिता दासको फिल्ममा चित्रण गरिएको बताउँदै भारतीय फिल्म निर्देशकले मन्टोको पाकिस्तान अनुभवबारे कसरी राम्रोसँग चित्रण गर्न सक्छिन् भन्ने प्रश्न पनि सम्मेलनमा उठ्यो ।

इतिहासकार जलालले मिडियामाथि लगाइएको प्रतिबन्ध आफूहरुको असफलता भएको बताइन् ।

उनका अनुसार सत्तरी वर्षमा केही पनि परिर्वतन भएको छैन । अन्या गर्नेहरु, अपराध गर्नेहरु, कब्जा गर्नेहरु, जबरजस्ती गर्नेहरुसँग अहिले पनि डर लाग्छ भने मन्टो पनि परिवर्तन भएका छैनन् । 

मन्टो अहिले पनि उस्तै छन् र जिउँदै छन् । उनको शरीर माटोको थुप्रोमुनि दफनाइए पनि उनी हामीसँगै मुस्कुराइरहेका छन् । उनी एक महान कथाकारकै रुपमा रहेका छन् । 

–बीबीसीबाट

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया