कांग्रसेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

 माघ ७, २०७५ सोमबार १२:२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसले गरिजाप्रसाद कोइराला र सुशिल कोइरालाकाे नाममा खाेलिएका अस्पताल खारेज गर्न लागेकाे भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । 

राष्ट्रियसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहतमा ल्याउने निर्णय नभएसम्म सदन संञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउनासाथ कांग्रेसका सांसदहरुले सदनको ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईंले देशभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नहुञ्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो सरकारले खोजेको के हो ? प्रतिपक्ष सडकमा जाओस् , निहुँ खोजोस् भन्ने चाहेको हो भने ?”

अध्यक्षको अनुमतिमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले दुई अस्पतालको बारेमा खारेज हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे ।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डे पाण्डेले भन्नुभयो “स्वास्थ्य मन्त्रालयले ११ वटा पठाएको थियो । ९ वटाको भयो २ वटाको वारेमा किन निर्णय  भएरन ? किन गरिएन ? के कारणले गरिएन ? अब दुई वटा अस्पताल कहा रहन्छन् त ? संघिय सरकार मातहत रहनुपर्छ भनी निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो । प्रष्ट निर्णय नभएसम्म सदनको कारवाही अघि नबढाइयोस् ।”

अध्यक्षले आसन ग्रहणका लागि पटक पटकको आग्रह पछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाइरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया