वरिष्ठ कलाकार गणेश मुनालको निधन

 माघ ७, २०७५ सोमबार १४:४७:२२ | उज्यालो सहकर्मी

काठमाण्डाै - वरिष्ठ कलाकार गणेश न्याैपाने मुनालको साेमबार निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको साेमबार बिहान वीर अस्पतालमा निधन भएको हो । मुनालले सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन, गोपी, अविरल बग्दछ इन्द्रावती लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ  ।

उहाँले धेरै टेलिश्रृंखलामा पनि अभिनय गर्नुभएको छ । २००७ सालमा जन्मेका मुनालको साेमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । मुनालले अभिनय गर्नुभएकाे डा. ध्रुबचन्द्र गाैतमकाे उपन्यासमा आधारित अलिखित टेलिश्रृंखला सर्वाधिका रुचाइएकाे थियाे ।  

उहाँ काठमाण्डाै माहांकालमा बसोवास गर्दै आउनुभएकाे थियाे । उहाँले अभिनय गर्नुभएकाे नयाँ चलचित्र गोपी यही माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ। 

उहाँले टेलिश्रृंखला तीतोसत्यमा लामो समय अभिनय गर्नुभएकाे थियाे । उहाँ आफ्नो आवाजका कारण पनि दर्शकमाझ परिचित हुनुहुन्थ्याे ।

पशुपति आर्यघाटमा विभिन्न चलचित्रकर्मीलगायत उहाँका शुभचिन्तकहरु श्रदाञ्जलि अर्पण गर्न पुगेका छन् । स्वर्गीय कलाकार मुनालका एक छोरा रहेका छन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया