हेटौंडामा सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता सुरु

 माघ ७, २०७५ सोमबार १९:३:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - नेपाल हक्की संघको आयोजनामा सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता साेमबारबाट हेटौंडामा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले उत्कृष्ट जित निकालेको छ । लिगकम नकआउट चरणमा भएको प्रतियोगिताको पहिलो खेलमा समूह ‘क’ मा रहेकाे नेपाल आर्मीले प्रदेश नम्बर १ को टिमलाई ६–० को फराकिलो गोलअन्तरले परािजत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेश सभा सदस्य मुनु सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सिग्देलले सहाना प्रधानले नेपालको राजनीतिमा पुर्याउनु भएको योगदानको वर्णन गर्नुभएको थियो ।

नेपाल हक्की संघ मकवानपुर जिल्लाका अध्यक्ष प्रताप सिंं क्षेत्रीको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, दंगा नियन्त्रण प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, नेपाली सेनाका मेजर दुर्गा सिंंह, नेपाल हक्की संघका केन्द्रिय सचिव रञ्जन थापालगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया