टाइब्रेकरमा उज्वेकिस्तानलाई हराउँदै अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा

 माघ ८, २०७५ मंगलबार ६:५१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलिया एसियन कपको क्वार्टरफाइनलमा पुगेको छ । उज्वेकिस्तानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा अष्ट्रेलिया चार गोल गर्न सफल हुँदा उज्वेकिस्तानका दुईवटा प्रहार गोलकिपर म्याथ्यु रायनले बचाएका थिए ।

यसअघि भएको खेलमा साउदी अरेवियालाई १–० ले हराउँदै जापान क्वार्टरफाइनलमा पुगिसकेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया