अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले बलिउड फिल्म उद्योगमा एक नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । यस फिल्मले १०० करोडको व्यापार गर्दै सानो बजेटमै बनेका फिल्महरु मध्ये कम समयमै १ सय करोडको व्यापार गर्ने पहिलो फिल्म बनेको छ । फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ४० करोडको बजेटमा बनेको हो ।
पाकिस्तानी आतंककारीहरुको हमलापछि भारतीय सैनिकले गरेको सर्जिकल स्ट्राइकमा आधारित कहानीमा फिल्म निर्माण भएको छ । फिल्मले प्रदर्शनको १० औं दिनमा १ सय करोड कमाएको हो ।
सन् २०१९ को जनवरी ११ मा प्रदर्शनमा आएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै ८ करोड २० लाख रुपैयाँ कमाएको थियो । त्यसपछि प्रदर्शनको पाँचौं दिनमा ५० करोड कमाएको थियो भने आठौं दिनमा ७५ करोड र १० औं दिन सम्ममा १ सय करोडको व्यापार गर्न सफल भएको छ ।
निर्देशक आदित्य धारको निर्देशन रहेको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशलका साथै यामी गौतम र परेश रावलको पनि महत्वपूर्ण भूमिका रहको छ ।