बुवाको सल्लाहपछि हलिउड जाने सोच बदले टाइगर श्राफले

 माघ ९, २०७५ बुधबार १५:८:४२ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगका एक्सन र डान्सका कारण दर्शकको मन जित्न सफल अभिनेता टाइगर श्राफले २०१८ मा ‘बागी २’ जस्तो सुपरहिट फिल्ममा अभिनय गरे ।

साथै २०१९ मा उनी ‘स्टुडेन्ट अफ द इयर २’ र अभिनेता ऋतिक रोशनसँगको फिल्ममार्फत दर्शक माझ आउँदैछन । यी फिल्महरुको अहिलेदेखि नै चर्चा भइरहेको छ । टाइगर श्राफको चर्चा बलिउडमा मात्रै नभइ हलिउडमा समेत भइरहेको छ । उनलाई हलिउडबाट एकपछि अर्को गर्दै अफरहरु आइरहेका छन् । 

खबरहरुका अनुसार टाइगरले पनि उनलाई प्रस्ताव गरिएका अफरहरु स्वीकार गर्दै हलिउड जाने मन बनाइसकेका थिए । तर अहिले भने उनले हलिउड जाने सोच बदलेका छन् । जूम टीभीका अनुसार टाइगर श्राफले २०१९ मा हलिउडका कुनै पनि प्रोेजेक्टका अफरहरुलाई स्वीकार गर्ने छैनन् ।

किनकि टाइगरलाई उनका पिता ज्याकी श्राफले अहिले नै हलिउड जान हतार गरिहाल्न नहुने सल्लाह दिएका छन् । ज्याकीले बलिउडमै अझै सफलता हासिल गरेर धेरैभन्दा धेरै दर्शकको मन जितेपछि मात्रै हलिउड जाने सल्लाह दिएका छन् । 

टाइगरले आफू अहिले नै हलिउड जाँदा उनका बलिउडका सहकर्मी अभिनेताहरु उनीभन्दा निकै अघि बढ्नसक्ने कुरा बुझिसकेका छन् । तसर्थ टाइगरले बुवाको सल्लाहलाई मनन् गर्दै बलिउडमा आफ्नो बलियो पकड बनाइसकेपछि मात्रै हलिउडमा आफ्नो करियरको सुरुवात गर्ने सोच बनाएका छन् ।

बलिउडमा अहिले टाइगर श्राफको प्रतिस्पर्धीको रुपमा अभिनेता वरुण धवन, सिद्धार्थ मल्होत्रा, रणवीर सिंह र रणवीर कपूरलाई लिने गरिन्छ ।   
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया