लडेर एकजना कामदारको मृत्यु

 माघ १२, २०७५ शनिबार ७:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । 

शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ रेफर गरिएको थियो । 

उपचारकालागि लैजाँदै गर्दा दिउँसो करिब साढे दुई बजे बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजनामा निर्माण कम्पनी धौलागिरी कन्स्ट्रक्सन, खड्का कृष्ण जेभीमा चौधरीसहित करिब सयजना कामदार कार्यरत छन् । कञ्चनपुरका मात्रै झण्डै ३० जना कामदार रहेका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया