वर्षको हिन्दी शब्द–२०१८ बन्यो ‘नारी शक्ति’

 माघ १३, २०७५ आइतबार ८:५१:४८ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

जयपुर – अक्सफोर्ड डिक्सनरीले ‘नारी शक्ति’ लाई सन् २०१८ को वर्षको हिन्दी शब्द(हिन्दी वर्ड अफ् द इयर’ घोषणा गरेको छ । 

सन् २०१८ मा नारी केन्द्रित थुप्रै विषयमा चर्चा भयो । सन् २०१८ मा नारी शक्तिका विषयले धेरैको ध्यान तानेको थियो । भारत सरकार र हिन्दीभाषीहरुले महिलाको समान सहभागिता हुनुपर्ने भन्दै नारी सशक्तिकरणमा विषयमा चर्चा गरे । 

त्यस्तै हलिउडबाट सुरु भएको मि टू मुभमेण्टका कारण महिला अधिकार र महिला सशक्तीकरणका क्षेत्रमा पनि निकै योगदान पुगेका छ । सन् २०१८ को मार्चमा भारतमा ‘नारी शक्ति’ को व्यापक प्रयोग भयो । अन्तर्राष्ट्रिय महिला दिवसका दिन भारत सरकारले नारी शक्ति पुरस्कारको घोषणा पनि गर्यो ।  

भारतीय सर्वोच्च अदालतका दुईवटा फैसलाले पनि नारी शक्तिको उत्थान र प्रवर्द्धनमा सहयोग पुग्यो । सर्वोच्च अदालतले ‘ट्रिपल तलाक’ का प्रतिबन्ध लगायो । जसले गर्दा पुरुषले जहिले चाहना भयो, त्यतिबेला तलाक भन्यो अनि डिभोर्स दिने परम्परामाथि प्रतिबन्ध लगाइयो ।

त्यस्तै सर्वोच्च अदालतको अर्को महत्वपूर्ण फैसला हो केरलको सबरीमाला मन्दिरमा महिलालाई प्रवेश गर्न दिनू भन्ने । यसले पनि नारी शक्तिको सशक्त पहिचान बनाउने काममा महत्वपूर्ण योगदान दियो । 

त्यस्तै भारत सरकारको ‘बेटी बचाओ, बेटी पढाओे’अभियान पनि नारी सशक्तीकरणका क्षेत्रमा कोशेढुंगा सावित भयो ।

अक्सफोर्ड डिक्सनरीले शनिबार जयपुर साहित्य उत्सवका अवसरमा वर्षको शब्द घोषणा गरेको हो । शब्द छनोटका लागि  हिन्दी भाषाका ज्ञाता तथा पब्लिक रिलेसन सोसाइटी अफ् इन्डियाका सल्लाहकार अशोक कुमार शर्मा, भाषाविद कृतिका अग्रवाल, लेखक, प्रकाशक तथा फेस्टिभल डिरेक्टर नमिता गोखले, अक्सफोर्ड युनिभर्सिटी प्रेस, भारतका सम्पादक रणधीर ठाकुर, लेखक तथा अनुवादक विजय नन्दन र द लल्लन टप डट कमका सम्पादक सौरभ द्विवेदी रहेको एउटा छनोट समितिले गठन गरिएको थियो ।

अक्सफोर्ड डिक्सनरीकी भाषाविद कृतिका अग्रवालले नारी शक्ति महिला र पुरुष दुवै संलग्न भएको एउटा अभियान भएको बताइन् । यो अभियानले महिलाहरुमा साहस बढेको पनि अग्रवालले बताइन् । 

त्यस्तै शब्द छनोट समितिकी अर्की सदस्य नमिता गोखलले ‘नारी शक्ति’ यो समयको आवश्यक अभियान भएको बताइन् ।

प्पछिल्ला १२ महिनामा लगातार आम मानिसलाई सबैभन्दा आकर्षण गरेकाले ‘नारी शक्ति’ लाई वर्षको हिन्दी शब्द घोषणा गरिएको हो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया