तेस्रो खेलमा राम्रो प्रदर्शन गरेर पहिलो सिरिज जित्ने तयारीमा छाैँ: कप्तान पारस खड्का

 माघ १३, २०७५ आइतबार २१:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसीले नेपाललाई ४ वर्षका लागि मान्यता दिएपछि अहिले नेपालले  दोस्रो सिरिज खेलिरहेको छ ।

नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । दोस्रो सिरिज जित्नका लागि सोमबार यूएईविरुद्ध जित निकाल्न आवश्यक छ । पहिलो एक दिवसीय क्रिकेटमा ३ विकेटको हार ब्यहोरेको नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा १४५ रनको जित निकाल्दै श्रृंखलामा उत्कृष्ट पुनरागमन गरेको थियो ।

त्यसैले दोस्रो खेलका लयलाई निरन्तरता दिँदै सोमबार नेपालले प्रदर्शन गर्नसके पहिलो उपाधि जित्न धेरै कठिन हुनेछैन । नेपाली टिम दोस्रो खेलमा गरेको प्रदर्शनबाट निकै उत्साहित देखिएको छ । त्यसैलाई निरन्तरता दिनसके तेस्रो तथा निर्णायक खेल जित्न सकिनेमा राष्ट्रिय टिमका कप्तान पारस खड्का ढुक्क छन् ।

तेस्रो खेलअघि यूएईको मैदानमा अभ्यास गर्ने क्रममा आइतबार नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान खड्काले भने, ‘दोस्रो खेलमा राम्रो प्रदर्शन गरेका थियौं, त्यसैले तेस्रो खेलमा पनि झन् राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती छ, यदि हामीले तेस्रो खेलमा राम्रो प्रदर्शन गर्नसके पहिलो सिरिज जित्ने छौं, जुन हाम्रा लागि निकै ठूलो उपलब्धि हुनेछ।’

नेपालले पहिलो खेलमा ब्याटिङ गर्नै सकेन ।  ५० ओभरको खेलमा जम्मा ३३ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाउन सक्यो । एक दिवसीय क्रिकेटमा यो स्कोरलाई कुनै पनि हालतमा राम्रो मानिँदैन ।

तर नेपाली बलरले डटेर लक्ष्य रक्षा गर्ने प्रयास गरे । केही हदसम्म सफल भए पनि लक्ष्य सानो हुँदा ३ विकेटको पराजय ब्यहोर्न बाध्य भयो । यसरी भन्दा नेपालसँग अहिले  क्रिकेटको हतियार भनेको बलिङ देखिएको छ ।

त्यसैले यदि सोमबारको खेलमा पहिला ब्याटिङ गर्न परे सुरुको दश ओभरमा धेरै रन नबनाए पनि विकेट जोगाउनु पर्नेमा प्रशिक्षक जगत टमाटा बताउनुहुन्छ । उहाँले भन्नुभयाे, ‘क्रिकेटमा टसको पनि ठूलो भूमिका हुन्छ । त्यसैले हामीले पहिला ब्याटिङ गर्न परेमा सुरुको दश ओभर विकेट नगुमाएर खेल्नु पर्छ, तर हामीले पहिला बलिङ गर्नु परे दश ओभरभित्र कम्तिमा २ विकेट लिन जरुरी छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया