सप्तरीमा मामाघर गएकी किशोरीको बलात्कार

 माघ १५, २०७५ मंगलबार १३:२०:५९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा एकजना किशोरी बलात्कृत भएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई मामाघर छिन्नमस्ता गाउँपालिका वडा नम्बर तीन महुवा आएको बेला एक १८ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

घर नजिकै बारीमा दाउरा लिन गएको बेला त्यही ठाउँका २० वर्षीय युवक प्रभुकुमार यादवले किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । दाउरा लिन गएको बेला कोही नभएको मौका छोपी किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ ।

यता बलात्कारपछि युवक फरार रहेको तथा उनको खोजी कार्य तीव्र रुपमा भैरहेको इलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज सुरेशकुमार यादवले जानकारी दिनुभयो । 

बलात्कृत किशोरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको तथा पीडितका परिवारजनले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएको पीडितका आफन्तले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया