अनन्या पाण्डेसँगको प्रेम सम्बन्धका बारेमा पहिलो पटक बोले कार्तिक आर्यन

 माघ १७, २०७५ बिहिबार १०:२:२२ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगका नयाँ कलाकारहरुले डेब्यू गरेसँगै उनीहरुको प्रेम सम्बन्धको चर्चा पनि सुरु हुने गर्छ । यही कुरा बलिउड अभिनेत्री अनन्या पाण्डे र कार्तिक आर्यनसँग पनि भयो । अहिले बलिउड फिल्म उद्योगमा कार्तिक आर्यन र अनन्या पाण्डेबीच प्रेम सम्बन्धरहेको खबरहरु चर्चामा छन् । तर अभिनेता कार्तिक आर्यन स्वयमले भने आफ्नाबारेमा आएका यस किसिमका खबरहरु केबल अफवाह मात्रै रहेको बताएका छन्  । 

केही समय अघि कार्तिक आर्यन फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ मार्फत बलिउड डेब्यू गर्न लागेकी अभिनेत्री अनन्या पाण्डेलाई कुनै रेष्टुरेन्टमा भेटघाट गरेका तस्विरहरु भारतीय मडिया तथा सामाजिक संजालमा चर्चामा थिए । 

त्यसपछि तिनै अनन्याका साथ कार्तिक उनको अब आउने फिल्म ‘पति पत्नी और वो’ मा अनुबन्धित भएको खबर  सार्वजनिक भयो । यसको केही दिन पछि फेरी कार्तिक र अनन्या आउटिङमा गएका थिए । अहिले अभिनेता कार्तिक आर्यनले आफ्नो लभलाइफका बारेमा एक भारतिय फिल्मी वेब पोर्टलका साथ गरेको कुराकानी गरेका छन् । 

कार्तिकले भनेका छन् ‘कुनै पनि सम्बन्धलाई दीगो बनाउनका लागि धेरै समयको आवश्यकता पर्दछ । सम्बन्धमा भइसकेपछि आफ्नो पार्टनरलाई समय दिन सक्नुपर्छ । अहिले म कुनै पनि सम्बन्धमा डुब्न चाहन्नँ । अहिले म आफ्नो काम प्रति नै केन्द्रित हुन चाहन्छु ।’ 

कार्तिकले अनन्या पाण्डेसँग बाहिर आउटिङ्गमा गएको कुरालाई प्रष्ट्याउँदै भने ‘म प्रोड्यूसरका साथ पनि बाहिर निस्कन्छु र अभिनेत्रीहरुका साथ पनि तर खबरहरु केबल अभिनेत्रीहरुसँग घुम्न गएपछि मात्रै बनाइन्छ । जुन कुरा म बुझ्न सक्दिनँ ।’

फिल्म ‘सोनु कि टिटु की स्वीटी’ सुपरहिट भएसँगै कार्तिक आर्यनलाई यतिबेला बलिउडका उदाउँदा स्टार अभिनेताको रुपमा हेरिन्छ । कार्तिक यतिबेला बलिउडका निर्देशक, निर्माताहरुको पहिलो रोजाई मात्रै नभइ नयाँपुस्ताका अभिनेत्रीहरुका लागि पनि हट चकलेटी अभिनेताको रुपमा चर्चित छन् । 

सुपरहिट फिल्म ‘सिम्बा’ की अभिनेत्र सारा अली खानले त झनै कार्तिकसँग डेटमा जान चाहेको कुरा उनका अभिकांश अन्तरवार्तामा भन्दै आइरहेकी छिन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया