नेपालले गुमायाे छैटौं विकेट: करण केसी ४ रनमा आउट

 माघ १७, २०७५ बिहिबार १७:४४:९ | उज्यालो सहकर्मी

यूएईविरुद्धकाे पहिलाे टी-२० मा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा करण केसी ४ रन बनाएर पेभेलियन फर्किएका छन् ।

करणलाई सुल्तान अहमदले कट एण्ड बोल्ड गरेका थिए ।

यसअघि पाँचौ विकेटको रुपमा  रोहित कुमार पौडेल ४ रन बनाएर आउट भएका थिए । उनलाई जहूर खानले क्याच आउट भएका हुन् ।

त्यसअघि चौथो विकेटको रुपमा  नेपालका भरपर्दा ब्याट्सम्यान पारस खड्का २५ रन बनाएर आउट भए । ओपनिङ गर्न आएका पारस २५ बल खेल्दै २५ रन बनाएर आउट भए । उनले ४ चौका प्रहार गरे ।

पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ७.५ ओभरमा पारस चौथो विकेटको रुपमा आउट भए । अहिलेसम्म नेपालका प्रदीप ऐरी, ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए ।

क्रिजमा अहिले सन्दीप जोरा र सोमपाल कामी रहेका छन् । सन्दीप जोरा ४० रन बनाएर खेलिरहेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया