बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
नेपालका सन्दीप जोराले डेब्यू टी–२० मा अर्धशतक पूरा गरेका छन् ।
नेपाली राष्ट्रिय टिमबाट यूएईविरुद्ध टी–२० सिरिजमा डेब्यू गरेका सन्दीपले टी–२०मा अर्धशतक बनाउन सफल भए । नेपालले लगातार विकेट गुमाएका बेला पाँचौं नम्बरमा ब्याटिङमा आएका जोराले ४२ बलमा अर्धशतक बनाएका हुन् ।
घरेलु फ्रेन्चाईज टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले यूएईविरुद्धको एक दिवसीय क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका थिए ।