रामेछापमा सुरक्षित आप्रवासन परियोजनाका कामको अनुगमन

 असार ६, २०७५ बुधबार १५:२९:३२
unn.prixa.net

सागर बिक्रम बस्नेत 

रामेछाप – जिल्ला परियोजना समन्वय समितिले रामेछापले सुरक्षित आप्रवासन परियोजना सामीले गरेका कामको अनुगमन गरेको छ । समितिले परियोजनाले कार्यक्रम सञ्चालन गरेकामध्ये रामेछाप नगरपालिका वडा नम्बर ६ र ८ मा अनुगमन गरेको हो । 

ंरामेछाप नगरपालिका ८ लामाटोलमा  वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारको सहभागितामा मनोपरामर्श समूह गठन भएको सुमहकी सदस्य सुनमाया तमाङले बताउनु भयो । 

उहाँका अनुसार यो समुहले सात महिनामा सात पटक वैदेशिक रोजगारीमा गएका व्यक्तिको रोजगारीको यात्रालाई सुरक्षित बनाउन परिवारले खेल्नुपर्ने भूमिका बारेमा छलफल भएको छ । त्योसँगै परदेशी परिवार कसरी तनावबाट जोगिन सकिन्छ भन्ने विषय पनि थाहा पाएको सहभागीले बताएका थिए । 

लामा गाउँमै सामुदायिक अभिमुखिकरणको समुह गठन गरी सञ्चालन गरिएको  कार्यक्रमको पनि अनुगमन गरिएको छ । समुहमा बसेर वैदेशिक रोजगारीमा जानुअघि सीप किन सिक्ने, विदेश जानुअघि पुरा गर्नुपर्ने कानुनी प्रक्रिया, बिदेशमा जाँदा, बिदेशमा रँहदा र फर्किंदा ध्यान दिनुपर्ने कुरा बारे जानकारी गराइएको चारघरे सेवा समितिकी सामाजिक परिचालक संगिता तामाङले बताउनु भयो ।  

सुरक्षित आप्रवासन परियोजना सामी र जिल्लाका दुई गैह्रसरकारी संस्था चारघरे सेवा समिति र सामुदायिक जनशक्ति बिकास कार्यक्रमले ४ बर्षदेखि सञ्चालन गरेको सामी परियोजना अन्तर्गतका कार्यक्रमको अनुगमन गरिएको हो ।

वडा नम्बर ६ मा सञ्चालित वित्तिय साक्षरता कक्षाकी सहभागी शर्मिला घिसिङले कक्षामा बसेपछि आफूहरुको व्यवहार फेरिएको बताउनुभयो । ‘सुरु सुरुमा हाम्रो गाउँमा कसले राम्रा लत्ता कपडा किन्ने, कसले आधुनिक गर गहना लगाउने भनेर प्रतिस्पर्धा जस्तै हुन्थ्यो तर अहिले त्यस्तो छैन अहिले त हामी आवश्यक कुरा मात्रै किन्छौं’ उहाँले भन्नुभयो । 

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का , मन्थली नगर प्रमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी राजेन्द्र केसी , महिला तथा वालवालिका कार्यालयकी महिला विकास अधिकृत सत्यदेवी अधिकारी , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलन घिसिङ, पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल, शिक्षा विकास तथा समन्वय इकाईका नायब सुब्बा दिपक पन्थी, सामी परियोजनाका जिल्ला परियोजना संयोजक भोजराज सुनुवार, वडाध्यक्ष धनबहादुर खड्का र केदार कार्की सहभागी हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया