दोस्रो टी–२०: नेपालले यूएईलाई ४ विकेटले हरायाे

 माघ १८, २०७५ शुक्रबार १८:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ । योसँगै नेपालले सिरिजमा १-१को बराबरी गरेको छ ।

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र पवन सर्राफको साझेदारी महत्वपूर्ण रह्यो । पवन १८ रन बनाए आउट भए ।

यसैगरी दीपेन्द्रसि‌ंह ऐरी ४७ रनमा नट आउट रहे ।

खराब सुरुआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाएको थियो । टिमको खातामा ९ रन भएका बेला अर्का ओपनर प्रदीप ऐरी ८ रन बनाएर आउट भए ।

तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदे पेभेलियन फर्किएका थिए । पारस आउट भएलगत्तै क्रिजमा आएका करण केसीले २३ बल खेल्दै २० रन बनाए ।

ज्ञानेन्द्रसँग २६ रनको साझेदारी गरेका करणले दुई चौका र एक छक्का प्रहार गरे । डेब्यु टी–२० मा अर्धशतक बनाउँदै विश्वकै कान्छो खेलाडी बनेका सन्दीप जोरा शुक्रबारको खेल्मा भने चल्न सकेनन् ।

चार बल फेस गरेका सन्दीप १ रन बनाउँदै आउट भएका थिए । पाँच विकेट गुमाँउदा ४६ रन बनाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन शर्राफले ५५ रनको साझेदारी गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९.२ ओभरमा अल आउट हुँदै १०७ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका अभिनास बोहराले सर्वाधिक तीन विकेट लिँदा सोमपाल कामी, करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिए ।

नेपालले शुक्रबार ६ जना बलर लगाएकोमा पवन शर्राफ र ललितनारायण राजबंशी भने विकेटविहीन बने ।

पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक अहमदलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपाललेनै तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाउँदै नेपाललाई सुरुमै दुई विकेट दिलाए । सन्दीप लामिछानेले नेपाललाई तेस्रो र चौथो सफलता दिलाएका थिए ।

सन्दीप लामिछानेले छैटौं ओभरमा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए ।

अन्तिम बलमा पनि सन्दिपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।
करण केसीले नेपाललाई पाँचौ सफलता दिलाए ।

करणले १०.३ ओभरमा यूएईका मोहमद बोता आउट भएका छन् । बोता र सिपी रिजवानका बीचमा २४ रनको साझेदारी तोड्न सफल भए । बोता ११ रन बनाएर आउट भएका हुन् ।

छैटौं विकेटको रुपमा अभिनास बोहराले अमिर हायातलाई आउट गरेका थिए । अभिनास बोहराले सातौं सफलता दिलाएका थिए । १४।३ ओभरमा उनले मोहमद नाभिदलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका हुन् ।

आठौं बिकेटको रुपमा नेपालले रन आउटको रुपमा हात पारेको थियो । यूएईका मोहमद सुल्तान ४ रन बनाएर रन आउट भए पछि नेपालले आठौं सफलता हात पारेको थियो । ललितनारायण राजबंशीको बलमा दीपेन्द्रसिंहले रन आउट गरे ।

आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका अभिनास बोहराले नेपाललाई नवौं सफलता दिलाएका छन् ।

उनले १८.२ ओभरमा ४४ रन बनाएर खेलिरहेका यूएईका ओपनर सिपी रिजवानलाई क्याच आउट गराए । अभिनासले योसँगै तीन विकेट लिन सफल भए । अन्तिम ओभर लिएर आएका करण केसीले जोहर खानलाई आउट गरेपछि यूएईको पारी १०७ रनमा समेटिएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया